काठमाडौँ। प्रभु बैंकबाट एशियन भिलेज रिसोर्ट प्रालिका नाममा प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा प्रकरणमा बैंकका दिपेन्द्र बाबु बिष्टले बयान दिएका छन्। बिष्टका अनुसार उक्त कर्जाका लागि तयार गरिएको कर्जा मूल्याङ्कनमा आफ्नो हस्ताक्षर भए पनि कर्जा फाइल विभिन्न तहको समीक्षा तथा सिफारिसपछि मात्र अघि बढाइएको थियो।
उनले दिएको बयान अनुसार एशियन भिलेज रिसोर्ट प्रालिका नाममा ४८ करोड रुपैयाँ आवधिक कर्जा प्रवाहका लागि प्रभु बैंकबाट २०८१ पुस ४ गते तयार गरिएको कर्जा टिप्पणीमा का रूपमा बिष्टको हस्ताक्षर रहेको थियो।
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्द्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ । बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पाइएको हो ।
उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । यस्तो छ बैंकका दिपेन्द्र बाबु बिष्टले प्रहरीलाई दिएको बयान:

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा रमेश थापाको बयान: ‘कर्जा प्रवाहबारे मलाई जानकारी नै थिएन’
प्रभु बैंकका चिफ म्यानेजर सुनिल रानाको बयान:- ‘क्रेडिट चेनमा मेरो संलग्नता छैन’
प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि दिइन् बयान, ‘मेरो संलग्नता छैन’
प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’
प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान
घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।



