काठमाडौँ। नबिल बैंकको एटीएम मेसिन फुटाउने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। नवलपुरको गैँडाकोट नगरपालिका ४ कालिगण्डकी चोकस्थित बैंकको एटीएम मेसिन फुटाउने प्रयास गरेको आरोपमा तनहुँका एक युवक पक्राउ परेका हुन्।
सोमबार बिहान करिब ३ बजेर १६ मिनेटमा एटीएम मेसिन फुटाउने प्रयास भएको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थलमा टोली परिचालन गरेको थियो।
३८ वर्षीय बासु रानाभाटलाई प्रहरीले बैंकको एटीएम मेसिन फुटाउन खोजेको आरोपमा पक्राउ गरेको हो। पक्राउ परेका रानाभाटले एटीएम मेसिनमा पैसा राख्ने स्टिलको बक्सको बाहिरी कभर फुटाएका थिए। हाल यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।




