काठमाडौँ। नबिल बैंक लिमिटेडले बाँकेको खजुरा गाउँपालिका ३ स्थित मुख्य व्यापारिक तथा बजार क्षेत्रमा नयाँ शाखा कार्यालय सञ्चालनका लागि भवन भाडामा लिन इच्छुक घरधनीसँग सिलबन्दी प्रस्ताव आह्वान गरेको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार शाखा सञ्चालनका लागि १ हजारदेखि १ हजार ५ सय वर्गफिट क्षेत्रफल भएको भवन आवश्यक रहेको छ। भवन सकेसम्म भुइँतला वा पहिलो तलामा हुनुपर्नेछ। प्रस्तावित भवनमा खानेपानी, विद्युत्, पार्किङ सुविधा तथा कम्तीमा ६ मिटर चौडाइको मोटरबाटोको पहुँच हुनुपर्ने बैंकले जनाएको छ।
साथै, सडक विस्तारको योजनाभित्र नपरेको भवनलाई मात्र प्राथमिकता दिइनेछ। भूकम्प प्रतिरोधी भवनलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ। भवनको भुइँतलामा एटीएम र जेनेरेटर राख्न पर्याप्त ठाउँसमेत उपलब्ध हुनुपर्नेछ।
बैंकले छनोट हुने भवन कम्तीमा १५ वर्षसम्म भाडामा उपलब्ध हुनुपर्ने सर्त राखेको छ। भवन भाडाबापतको रकम भुक्तानी गर्दा प्रचलित कानुनअनुसार लाग्ने कर कट्टा गरिने बैंकले जनाएको छ। बैंकको आवश्यक मापदण्ड पूरा गर्ने इच्छुक घरधनीलाई सूचनामा उल्लेखित सर्तअनुसार सिलबन्दी प्रस्ताव पेस गर्न आग्रह गरिएको छ।



