काठमाडौँ। कामना सेवा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमास (साउन-असोज) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो।
बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा २३ करोड ११ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्ष २०८२-८३ को असोजसम्म बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा १६.९९ प्रतिशतले बढेको छ।
चालु वर्षको असोजसम्ममा बैंकले ३३ करोड ८७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २८ करोड ४६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्ष तुलनामा सञ्चालन मुनाफा पनि १९.०२ प्रतिशतले बढेको छ।
बैंकको खुद ब्याज आम्दानी ६२ करोड ६४ लाख रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख रुपैयाँ, चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा १६ करोड ४ लाख रुपैयाँ र जगेडामा २ अर्ब २२ करोड ८३ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, बैंकले ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको ईपीएस बढेर २३.१३ रुपैयाँ कायम भएको छ भने बैंकको पीई रेसियो २०.५८ गुणा र प्रतिसेयर नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ।



