सिद्धार्थ बैंकमा कर्मचारी कै बदमासी, सामान्य विथड्र स्लिपबाट पैसा झिकिएको घटना बाहिरियो !

काठमाडौँ। सिद्धार्थ बैंकमा खाता हुनेलाई दु:खको खबर छ । बैंकबाट ग्राहकलाई थाहा नै नदिई नक्कली हस्ताक्षर गरेर सामान्य विथड्र स्लिपबाट पैसा झिकिएको घटना बाहिरिएको छ ।

असली ग्राहकलाई थाहा नै नदिई ग्राहकको रकम चोरी गरिएको पाइएपछि पिडितले प्रहरीकहाँ जाहेरीसमेत दिएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यता सिद्धार्थ बैंकका कर्मचारीले ग्राहकको नक्कली हस्ताक्षर गरेर रकम चोर्ने र आफ्नै खातामा राख्ने गरेको पनि पाइएको छ । बैंकका कर्मचारीले यसरी ग्राहकको पैसा ग्राहकलाई थाहा नै नदिई आफ्नो खातामा राखेको पाइएपछि बैंकले दुई जना कर्मचारीलाई कारवाही गरेकोसमेत पाइएको हो ।

घटनाबारे पिडितले जाहेरी दिएपछि यो घटनाउपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्