काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा बोल्दै बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गर्नुपर्ने बताएका हुन् । अर्थमन्त्री पौडेलले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि[...]

काठमाडौँ ।  भदौ महिनामा वाणिज्य बैंकहरूको आधार दर घटेको छ । बैंकहरुले पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका कारण भदौमा बैंकहरुको आधार दर औसत ०.२५ प्रतिशतले घटेको हो । भदौ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ७.९२ प्रतिशत कायम भएको छ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर[...]

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ । बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच कम्पनीका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापश्चात कम्पनीमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई कम्पनीको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका,[...]

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत भाद्र २३ गते एक खर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले (आज) आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ । निक्षेप दिन चाहने बैंक[...]