HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रहरीको आँखा छलेर काठमाडौँबाट भागेका थिए प्रभुका सिइओ, बीरगंजमा भने ‘सेटिङ’ !

काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि काठमाडौँबाट भागेर पर्सा पुगेको पाइएको छ । सुरुमा प्रहरीमा बयान दिन जान्न भनेर अडान लिए पनि अव बैंकको कार्यालयमै प्रहरी आउने भएपछि उनी फोर्स लिभ लिएर काठमाडौँबाट भाग्दै पर्सा पुगेका थिए ।

तत्कालीन सनराइज बैंकसँग सम्बन्धित कर्जा विवादमा शर्मासहित चार जनाविरुद्ध ठगी तथा विश्वासघातसम्बन्धी मुद्दा अघि बढेको थियो। अनुसन्धानका क्रममा बयान दिन बोलाउँदा उपस्थित नभएपछि मुद्दा अभियोजन भएको र त्यसपछि अदालतले पक्राउ गर्न अनुमति दिएको विवरण सार्वजनिक भएको छ।

शर्मा पक्राउ पुर्जी जारी भएपछि केही दिन पर्खेर बसेका थिए। पछि बैंकमा फोर्स लिभको इमेल प्रक्रिया अघि बढाएर उनी पर्सा गएको बताइएको छ। उनी सोमबार अदालतमा उपस्थित हुने तयारीमा रछन्।

यसैबीच, उनी प्रहरीको नियन्त्रणमा नपरी आफैँ अदालतमा उपस्थित हुने वातावरण मिलाइएको हुन सक्ने भन्दै केही स्रोतले ‘सेटिङ’ भएको आशंका गरेका छन् ।

प्रभुका सीइओ शर्मा आफुसहित कानुन व्यवसायी र साथीहरुसँगै पर्सा पुगेका छन् ।

पक्राउ पूर्जी जारी भएका प्रभु बैंकका सिइओ सुमन शर्मा बीरगन्जमा लुके, सोमबार आत्मसमर्पण गर्ने !

प्रभु बैंकका सीइओ सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी ! (पक्राउ पूर्जीको प्रमाणसहित)

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।