काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि काठमाडौँ छाडेर पर्सा पुगेको खुलासा भएको छ । उनी सोमबार अदालतमा उपस्थित हुने तयारीसहित वीरगन्ज पुगेको पाइएको हो।
शर्माविरुद्ध तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदाको कर्जा कारोबारसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । अञ्जली इन्टरनेसनलको जाहेरीका आधारमा अघि बढेको उक्त प्रकरणमा अदालतले असोज २ गते पक्राउ गर्न अनुमति दिएको छ ।

पक्राउ पुर्जी जारी भएपछि पनि केही समय बैंकको काममा संलग्न रहेका शर्मा पछि फोर्स लिभको प्रक्रिया अघि बढाएर पर्सा पुगेका हुन्। उनले अदालतमा उपस्थित भएर कानुनी प्रक्रियाको सामना गर्ने र धरौटीमा रिहा हुने अपेक्षासहित तयारी गरेको उनी निकटहरु दाबी गर्छन् ।

फौजदारी केसमा मुद्धा दर्ता भएपछि सीइओ शर्मा स्वत: निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । यद्यपी उनलाई जोगाउन बैंकको बोर्ड र नियामकका केहि उच्च अधिकारी नै लागेको विषयसमेत सार्वजनिक भएको छ । अभियोगपत्रसहित:




प्रभु बैंकका सीइओ सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी ! (पक्राउ पूर्जीको प्रमाणसहित)



