प्रभु बैंकका सीइओ सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी ! (पक्राउ पूर्जीको प्रमाणसहित)

काठमाडौँ । प्रभु बैंकका सीइओ सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी भएको पाइएको छ । उनीविरुद्ध असोज १ मै पक्राउ पूर्जी जारी भएको पाइएको हो ।

बैंकिङ संसार डटकमलाई गोप्य स्रोतबाट प्राप्त शर्माको पक्राउ पूर्जी अनुसार उनलाई पक्राउ गर्न ३५ दिनको समय सीमा दिईएको छ ।

असोज १ गते नै पक्राउ पूर्जी जारी भए पनि उनी असोज १३ गतेसम्म बैंकमा हाजिरी लगाईरहेका थिए । प्रहरीले खोजिरहेको व्यक्ति बैंकमै रहँदा पनि प्रहरीले किन पक्राउ गरेन भन्ने प्रश्न उठेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्