काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माको मुद्दामा मंगलबार पर्सा जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। शर्माको मुद्दा न्यायाधीश देवीकुमारी चौधरीको इजलासमा परेको हो।
प्रहरीसमक्ष आत्मसमर्पण गरेका शर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा सामान्य तारेखमा छाड्ने भन्ने विषयमा बहस हुनेछ।
पक्राउ पुर्जी जारी भएपछि भागेर पर्सा पुगेका शर्माले असोज २० गते जिल्ला अदालत पर्सा उपस्थित हुनेगरी आत्मसमर्पण गरेका हुन्।
शर्माविरुद्धको फौजदारी मुद्दा असोज १ गते दर्ता भएको थियो र अदालतले असोज २ गते पक्राउ गर्न अनुमति दिएको थियो। तर, उनी केही समय बैंकको काममा संलग्न रहेको र पछि फोर्स लिभ लिएर पर्सा गएका थिए।
हाल भने उनले आत्मसमर्पण गरिसकेका छन्। उनलाई थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने विषयमा भने बहस हुनेछ। यो पनि हेर्नुहोस्:
प्रहरीको आँखा छलेर काठमाडौँबाट भागेका थिए प्रभुका सिइओ, बीरगंजमा भने ‘सेटिङ’ !



