MAX TIGER

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई पोशाक र विद्यालय सामग्री प्रदान

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले चेपाङ समुदायका बालबालिकालाई पोशाक र विद्यालय सामग्री प्रदान गरेको छ। बैंकले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ४ चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हेटौंडा शाखाको पहलमा उक्त विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याक सुट र शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका वीरगञ्ज-चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखाका शाखा प्रबन्धक बिनेश कार्की तथा कर्मचारीहरू र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो । यस कार्यले बालबालिकाको सिकाइमा सहयोग पुग्ने विश्वास यस बैंकले लिएको छ । बैंकिङ सेवा सँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकतामा राख्दै समुदायको आवश्यकता, शिक्षा तथा सामाजिक विकासमा योगदान पु‍र्याउने उद्देश्यले यस बैंकले सामाजिक कार्यलाई प्राथमिकता दिँदै आएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्