काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले सिइओमा रविन सिजापतिलाई नियुक्त गरेको हो।
सिजापति ४ बर्षका लागि नियुक्त भएका छन्।
यसअघि उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा थिए । उनी सिए हुन् ।
उनको लामो बैंकिङ अनुभव, व्यावसायिक दक्षता र नेतृत्व क्षमताले बैंकको समग्र विकास, संस्थागत सुशासन, सेवाको गुणस्तर तथा वित्तीय प्रगतिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।



