MAX TIGER

इसेवाका सिइओ तथा पूर्व बैंकरलाई पक्राउ गरेर अनुसन्धान गर्न क्रिकेट प्रेमीको माग, टियु मैदानमा चर्को नाराबाजी !

काठमाडौँ। इसेवाका सिइओ तथा पूर्व बैंकर निरज शर्मालाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्न क्रिकेट प्रेमीहरूले माग गरेका छन्। उनीहरूले टियु मैदानमा चर्को नाराबाजी गर्दै यस्तो माग गरेका हुन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट किन्न पनि नपाएपछि क्रिकेट प्रेमीहरू निराश परेका छन्। उनीहरू आक्रोशित हुँदै टियु मैदानमा चर्को नाराबाजी लगाउन पुगेका हुन्।

आज मंसिर ४ गते टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भिड देखिएको छ। इसेवाका सिइओलाई पक्राउ गरेर टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ किन भयो भन्दै प्रश्न गर्न उनीहरूले माग गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्