काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा प्रहरीको नियन्त्रणमा रहेको पाइएको छ। बैंकका सिइओ शर्माले आत्मसमर्पण गरेसँगै उनी प्रहरीको नियन्त्रणमा रहेका हुन्।
बैंकिङ संसार डटकमलाई प्राप्त सूचना अनुसार आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि काठमाडौँबाट भागेर पर्सा पुगेका शर्माले आत्मसमर्पण गरेका हुन् ।
तत्कालीन सनराइज बैंकसँग सम्बन्धित कर्जा विवादमा शर्मासहित चार जनाविरुद्ध ठगी तथा विश्वासघातसम्बन्धी मुद्दा अघि बढेको थियो। अनुसन्धानका क्रममा बयान दिन बोलाउँदा उपस्थित नभएपछि मुद्दा अभियोजन भएको र त्यसपछि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।
असोज २० गते जिल्ला अदालत पर्सा उपस्थित हुनेगरी उनले आत्मसमर्पण गरेका हुन् । यो पनि हेर्नुहोस्:
प्रभु बैंकका सीइओ सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी ! (पक्राउ पूर्जीको प्रमाणसहित)
प्रहरीको आँखा छलेर काठमाडौँबाट भागेका थिए प्रभुका सिइओ, बीरगंजमा भने ‘सेटिङ’ !



