काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा धरौटीमा रिहा भएका छन्। बैंकका सिइओ दुई लाख धरौटीमा रिहा भएका हुन्।
मंगलबार पर्सा जिल्ला अदालतमा थुनछेक बहस भएको थियो। शर्माको मुद्दा न्यायाधीश देवीकुमारी चौधरीको इजलासमा परेको थियो।
शर्माविरुद्धको फौजदारी मुद्दा असोज १ गते दर्ता भएको थियो र अदालतले असोज २ गते पक्राउ गर्न अनुमति दिएको थियो। तर, उनी केही समय बैंकको काममा संलग्न रहेको र पछि फोर्स लिभ लिएर पर्सा गएका थिए।
अदालतमा उपस्थित हुन उनले आत्मसमर्पण गरेका थिए। हाल उनी रिहा भइसकेका छन्। अब सिइओ सुमन शर्माले बाहिर बसेर मुद्दा लड्ने भएका छन्।




