बैंकिङ कसुर मुद्दामा दीपेन्द्र शाही पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् ।

उनलाई काठमाडौँ महानगरपालिका १० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शाहीविरुद्ध एक करोड ५० लाख बिगो रकम कायम गरिएको बैंकिङ कसुर मुद्दा रहेको छ । शाहीलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्