काठमाडौँ। २ वर्ष कैद आदेश भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गा.पा.वडा नं.०७, कोगटे घर भई जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं.२४ धापाखेल बस्ने ४५ वर्षका कृष्ण कुमार थापा रहेका छन्।
उनी जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं.२४ धापाखेलबाट पक्राउ परेका हुन्।
उनीमाथि बैंकिङ कसुर मुद्दा लागेको थियो। साथै, १० लाख रुपैयाँ विगो र विगो बापत २ वर्ष कैद सजाय भएपछि थापा फरार रहेका थिए।
प्रहरी दिएको जानकारी अनुसार हाल उनी प्रहरीको फन्दामा परेका छन्। यो हेर्नुहोस्:



