MAX TIGER

उपकार लघुवित्तको सिइओमा बिमल खनाल नियुक्त

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्थाले नयाँ सिइओ पाएको छ। लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बिमल खनाल नियुक्त भएसँगै लघुवित्तले नयाँ सिइओ पाएको हो।

यसअघि लघुवित्तको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका खनाललाई लघुवित्तले सिइओमा नियुक्त गरेको हो ।

मंसिर १० गते बसेको लघुवित्त सञ्चालक समितिको ११८औँ बैठकले खनाललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । खनालले मंसिर १४ गतेदेखि आफ्नो पद सम्हाल्नेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्