XTREME

नयाँ सिइओ आएपछि सिद्धार्थ बैंकको आन्तरिक सुशासन र अपरेशनल काम भद्रगोल, सेयरधनीलाई झुक्याएर एजेन्डा पारित !

काठमाडौँ। नयाँ सिइओ आएपछि सिद्धार्थ बैंकको आन्तरिक सुशासन र अपरेशनल काम भद्रगोल देखिएको छ । नयाँ सिइओ रामेश्वर प्रसाद बश्याल आउने बित्तिकै बैंकको आन्तरिक सुशासन र अपरेशन भद्रगोल देखिएको हो ।

नयाँ सिइओलाई तलका सिनियर कर्मचारीले समेत नटेर्ने हुँदा बैंकको अपरेशनमा निकै समस्या आएको, र आन्तरिक सुशासनमा पनि सीइओको कुरा अटेरी गर्दै आफु खुसी काम पेल्ने काम भएको पाइएको छ । सिद्धार्थ बैंकका उच्च अधिकारीहरुले नै सिइओ रोज्ने कि बैंकको भविष्य भन्ने विषयमा विवाद भएको स्वीकार गर्दै आफुहरुले सीइओको कुरा काटेर काम गरेको स्वीकार गरेका छन् ।

यद्यपी सो काममा सिइओ तलका कर्मचारीहरुको एकमत रहेको उनको भनाई छ । नयाँ सिइओ आएसँगै बैंकका धेरै काम भद्रगोल देखिएका छन् ।

सेयरधनीहरुले विरोध गर्ने भएपछि सिद्धार्थ बैंकले साधारणसभामा सेयरधनीहरुलाई नै झुक्याएर केहि एजेन्डाहरु पारित गरेको पाइएको छ । सेयरधनीहरुले केहि एजेन्डामा विरोध गर्ने देखेपछि सिद्धार्थ बैंकले खाना खुलेको जानकारी गराएको थियो ।

सेयरधनीहरुहरु खाना खान गएपछि बैंकले रित्तो हलमा भकाभक एजेन्डाहरु सुनाएर पारित भएको घोषणा गरेको थियो । उपस्थित सेयरधनीहरुलाई छलेर यस्तो काम गरेको भन्दै केहिले विरोध गरे पनि बैंकले साधारणसभा सकिएको घोषणा गरेको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्