कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा असोज २८ गते बुधबार काठमाडौँको सुवर्ण सम्शेर सडक स्थीत सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको हो ।

सो सभाले सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक वर्ष २०८२-८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०८२-८३ आषाढ मसान्त सम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरेको छ ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०८२-८३ को नाफाबाट सेयरधनीहरुका लागि प्रस्ताव गरिएको कुल २.१०५३% (करसहित) लाभांश पारित गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्