कुमारी बैंकले कमायो १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा, वितरणयोग्य नाफा १४ करोड ७१ लाख, ईपीएस कति ?

काठमाडौँ। कुमारी बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८३ – ८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो।

विवरण अनुसार बैंकको खुद नाफा १.७ प्रतिशतले बढेको छ । बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कुल १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको खुद फि तथा कमिसन आम्दानी ८८ करोड २३ लाख रुपैयाँ पुगेको छ भने बैंकको कुल सञ्चालन आम्दानी घटेर ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ ।

यता बैंकको कर्जा नोक्सानी व्यवस्थापन पनि घटेर ४४ करोड ९९ लाख रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा १४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा रहेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्