काठमाडौँ। आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश दिने घोषणा गरेको हो ।
लघुवित्तको सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५.२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) लघुवित्तले वितरण गर्ने निर्णय गरेको छ।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।


