MAX TIGER

सम्पदा लघुवित्तका कर्मचारीलाई बिदामा पनि काममा बोलाइयो, कर्मचारी असन्तुष्ट, काममा बोलाउनुअघि पूर्वसूचना दिन माग !

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरूलाई आइतबार पनि काममा उपस्थित हुन भनेको पाइएको छ। लघुवित्तका एक जना कर्मचारीले बैंकिङ संसारसँग गुनासो गर्दै एसएमएस तथा मेसेन्जर ग्रुपमार्फत सूचना पठाएर आइतबार पनि काममा बोलाएको विषयमा आफु असन्तुष्ट नभएको बताएका छन् ।

उनले भने, ‘आइतबार काममा उपस्थित हुनुपर्ने जानकारी शनिबार मात्रै दिइयो। आफ्नो व्यक्तिगत समय, घरायसी काम तथा आवश्यक तयारीका लागि बिदाको दिन उपयोग गरिरहेका हुन्छन्, अचानक दिइने यस्तो सूचनाले व्यक्तिगत योजनामा असर पर्छ।’

बैंकिङ संसारसँग गुनासो गर्दै उनले थप भने, ‘आज मात्रै कपडा धुनेलगायत व्यक्तिगत कामहरू सकेर भोलिका लागि अन्य कामको तयारी गरिसकेको अवस्थामा अचानक आइतबार कार्यालय आउनुपर्ने सूचना प्राप्त भयो, संस्थाको कामप्रतिको जिम्मेवारी हामी बुझ्छौँ र आवश्यक पर्दा सहयोग गर्न पनि तयार छौँ। तर, बिदाको दिन काममा बोलाउँदा कम्तीमा समयमै पूर्वसूचना दिनु उचित हुँदैन र ?’

सम्पदा लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन पक्षलाई सम्मान गर्नुपर्ने सो व्यक्तिले जनाएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्