नबिल बैंकको नाफा ४५.४३ प्रतिशतले बढ्यो, कमायो २ अर्ब ५५ करोड ५१ लाख खुद नाफा ! (विवरणसहित)

काठमाडौँ। नबिल बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा २ अर्ब ५५ करोड ५१ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा ४५.४३ प्रतिशतले बढेको छ। बैंकले समीक्षा अवधिसम्ममा ३ अर्ब ६७ करोड १९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।

त्यस्तै, चालु आर्थिक वर्षको असोजसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा २१.४२ प्रतिशतले बढी हो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड ४५ लाख रुपैयाँ रहेको छ। चुक्तापुँजी ३३ अर्ब ४० करोड ९८ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा २ अर्ब २६ करोड ४५ लाख रुपैयाँ र जगेडामा ३५ अर्ब ७७ करोड ७२ लाख रुपैयाँ रहेको छ।

यता बैंकले ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३३.८९ रुपैयाँ कायम भएको छ।

साथै, बैंकको पीई रेसियो १६.१४ गुणा र प्रतिसेयर नेटवर्थ २३३.९ रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको विवरणले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्