एनएमबि बैंकले कमायो १ अर्ब १६ करोड नाफा, खुद नाफा २७.११ प्रतिशतले बढ्यो, ईपीएस २३ रुपैयाँ ८३ पैसा कायम !

काठमाडौँ । एनएमबि बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद नाफा २७.११ प्रतिशतले बढेको छ । बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने बैंकको खुद ब्याज आम्दानी पनि ४.१९ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँबाट २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद शल्क तथा कमिसन आम्दानी पनि ०.७५ प्रतिशतले बढेको छ भने बैंकको खराब कर्जा ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ ।

त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँ पुगेको छ। यता बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ।

साथै, बैंकको वितरणयोग्य नाफा पनि बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको बैंकले सार्वजनिक गरेको विवरणले देखाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्