सेयरधनीहरूलाई ७ प्रतिशत लाभांश दिँदै एनएमबि बैंक

काठमाडौँ। एनएमबि बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश दिने घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी ७ प्रतिशतले हुन आउने १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

साथै, अग्राधिकार सेयरधनीहरुलाई ८.२५ प्रतिशतले हुन आउने १२ करोड २० लाख ५४ हजार ७९४.५२ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय पनि बैंकले गरेको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि उक्त्य लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्