XTREME

सुन धितोमा राखेर बैंकबाट ऋण लिएकाहरुलाई दु:खको खबर, थप सुन धितो राख्न वा ऋण तिर्न ऋणीलाई दबाब !

काठमाडौँ। सुन धितो राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुलाई दु:खको खबर छ । सुनको भाउ निरन्तर घटेपछि र तोलाको २ लाख रुपैयाँभन्दा तल आउने संकेत देखेपछि बैंकहरुले सुन धितो राखेर ऋण लिएकाहरुलाई कि सुन थप्न कि ऋण तिर्न ताकेता गर्न थालेका हुन् ।

सुनको मूल्य निरन्तर ओरालो लाग्न थालेपछि सुन धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरू दबाबमा परेका छन्।

सुनको मूल्य घट्दै जाँदा धितोमा राखिएको सुनको बजार मूल्यसमेत घट्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ऋणीलाई थप सुन धितो राख्न वा ऋणको केही रकम चुक्ता गर्न ताकेता गर्न थालेका हुन्। सुनको मूल्यमा आएको गिरावटले धितोको मूल्य घट्दा बैंकको जोखिम बढ्न सक्ने भएकाले ऋणीलाई थप धितो राख्न वा ऋणको रकम घटाउन आग्रह गरिएको हो।

यसले सुन धितो राखेर कर्जा लिएका सर्वसाधारण तथा व्यवसायीलाई थप आर्थिक भार पर्ने देखिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्