काठमाडौँ। नबिल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो।
सो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन ३५ दिनभित्र दिनुपर्नेछ भने निवेदन काठमाडौँको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्ने बैंकले जनाएको छ।
संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने भएको छ।



