MAX TIGER

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट

काठमाडौँ। युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगबाट रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘स्टार्टअप नेपाल समिट २०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु गरिएको छ । ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देशसहित आयोजित समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा जागिर सिर्जना गर्ने उद्यमी बनाउन अभियान सुरु गरिएको बताइन् । उनका अनुसार युवामा नयाँ सोच र सीप भए पनि लगानी, मार्गदर्शन र बजारको पहुँच नहुँदा धेरै व्यावसायिक सम्भावना सुरुमै हराउने गरेका छन् । उनले व्यवसाय दर्ता प्रक्रिया सरल बनाउन, स्टार्टअप कर्जा सहज बनाउन र राम्रो व्यावसायिक योजना भएका तर धितो नभएका युवालाई वित्तीय पहुँच उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुदान र सरकारी सहयोगलाई उत्पादन तथा रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरले तालिम, सिड मनी र व्यावसायिक परामर्श उपलब्ध गराउँदै आएको जानकारी दिए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले स्टार्टअपमा वित्तीय पहुँच र व्यावसायिक योजनाको महत्वबारे धारणा राखेका थिए । समिटले सातै प्रदेशबाट चारदेखि पाँचवटा उत्कृष्ट स्टार्टअप छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन गर्ने योजना बनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्