काठमाडौँ। हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमासमा हिमालयन बैंकलाई कारवाही गरेको हो ।
ऋणीसँग पैसा उठाउन खुलेआम गुण्डाको प्रयोग गर्ने बैंक हिमालयन बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको छ ।
राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले गत भदौ ३ गते एक दिनका लागि कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) को न्यूनतम ९० प्रतिशत रकम राख्न सकेको थिएन। सोही कसुरमा राष्ट्र बैंकले बैंकलाई पहिलो पटक ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको हो।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले बैंकले अनिवार्य नगद मौज्दातसम्बन्धी नियामकीय व्यवस्था पालना नगरेपछि कारवाही गरिएको जनाएको छ।




