सूर्योदय वोमी लघुवित्तमा काम गर्ने अवसर

काठमाडौँ। सूर्योदय वोमी लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ। लघुवित्तले सूचना प्रविधितर्फ वरिष्ठ अधिकृत (आईटी) एक जना, वरिष्ठ सहायक (शाखा प्रबन्धक) केही जना, सहायक (प्रथम तह) केही जना र सहायक (दोस्रो तह) केही कर्मचारी माग गरेको हो।

आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका हकमा उमेरको माथिल्लो सीमा पाँच वर्ष थप गरिएको छ।

मोटरसाइकल वा स्कुटर चलाउने वैध सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। साथै, आधारभूत कम्प्युटर तालिम र सम्बन्धित लघुवित्त क्षेत्रको अनुभव भएका उम्मेदवारलाई पनि प्राथमिकता दिइने संस्थाले जनाएको छ।

इच्छुक उम्मेदवारले मंसिर ११ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन दस्तुर सहायक तहका पदका लागि ५०० रुपैयाँ र अधिकृत तहका लागि ६०० रुपैयाँ तोकिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्