काठमाडौँ। नेपाल राष्ट्र बैंकको वेबसाइट सञ्चालनमा आएको छ। गत कात्तिक ६ गतेदेखि बन्द भएको राष्ट्र बैंकको वेबसाइट कात्तिक १२ गतेदेखि खुलेको हो।
वेब प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका केही सेवा अस्थायी रूपमा बन्द गरेको थियो।
वेबसाइट बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला र सर्वसाधारणलाई आवश्यक सूचना तथा जानकारी प्राप्त गर्न असहज भएको थियो।
६ दिनपछि वेबसाइट पुन: सञ्चालनमा आएसँगै राष्ट्र बैंकका सूचना तथा विवरण अनलाइनमार्फत प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ।



