काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्थाले नयाँ सिइओ पाएको छ। लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पवनकुमार श्रेष्ठ नियुक्त भएसँगै लघुवित्तले नयाँ सिइओ पाएको हो।
संस्थाको सञ्चालक समितिको बैठकले पवनकुमार श्रेष्ठलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कात्तिक १६ गतेबाट लागू हुनेगरी श्रेष्ठ सिइओमा नियुक्त भएका हुन्। उनी २ वर्षका लागि सो पदमा नियुक्त भएका हुन्।


