बाढी प्रभावित ऋणीलाई राष्ट्र बैंकको राहत, असोज मसान्तमा तिर्नुपर्ने ऋण पुस मसान्तसम्म भुक्तानी गर्न मिल्ने !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ऋणको साँवा र ब्याज भुक्तानीको समयावधि थप गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एउटा परिपत्र जारी गर्दै भोटेकोशीमा आएको बाढीबाट प्रभावित ऋणीको साँवा र ब्याज भुक्तानीको समयावधि थप गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको यस्तो निर्देशनपछि ऋणीले असोज मसान्तमा तिर्नुपर्ने ऋणको साँवा र ब्याज आउँदो पुस मसान्तसम्म तिर्न सक्नेछन्।

भोटेकोशी तथा बूढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकमलगायत ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी ऋणको किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीले यो सुविधा पाउनेछन्।

Circular_Rasuwa-Flood

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्