काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले गुराँस लघुवित्तको ९.५ प्रतिशत बोनश सेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको सेयरमूल्य १ हजार ४९७ रुपैयाँ ७२ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ६४० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । सोही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्ने भएको छ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।


