काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार लघुवित्त २ करोड ७९ लाख ९९ हजार रुपैयाँ घाटामा गएको छ ।
लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ करोड ५३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता लघुवित्तको खराब कर्जा १५.७० प्रतिशतबाट बढेर २१.७३ प्रतिशत पुगेको छ ।
त्यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी पनि घटेर ४० करोड ३५ लाख रुपैयाँबाट २८ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३ करोड ६० लाख रुपैयाँ ऋणात्मक रहेको विवरणले देखाएको छ।
लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १५ रुपैयाँ ८४ पैसाबाट घटेर ८ रुपैयाँ ०१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ४० पैसा रहेको छ ।


