झिक्ने होइन त अब एटीएमबाट १०० दरका नोट ? चाडपर्व नजिकिँदै गर्दा नगद कारोबारलाई सहज बनाउने उद्देश्य !

काठमाडौँ। एटीएमबाट १०० दरका नोट निकाल्न मिल्ने सेवा सुरु भएको छ। नेपाल राष्ट्र बैंकले एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटिएम मेसिनबाट सय रुपैयाँ दरका नोटहरू झिक्न मिल्ने सेवा सुरु गरेका हुन्।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

यसअघि अधिकांश बैंकका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिने व्यवस्था थियो । १०० रुपैयाँका नोट एटीएमबाटै उपलब्ध हुन थालेपछि साना दरका नोट आवश्यक पर्ने ग्राहकलाई काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता कम हुने राष्ट्र बैंकले जनाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको हो। विशेषगरी दशैं, तिहारजस्ता समयमा साना रकमको आवश्यकता बढी पर्ने भएकाले एटीएमबाट रु. १०० का नोटसमेत निकाल्न मिल्ने व्यवस्था गर्न निर्देशन दिइएको हो। यो पनि हेर्नुहोस्:

अबदेखि एटीएमबाट १०० दरका नोट निकाल्न मिल्ने

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्