काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश दिने घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्तापुँजी ३८ करोड ७४ लाख ९४ हजार ८६६.४६ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ३ करोड ८७ लाख ४९ हजार ४८६.६४ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ।
जसमा ९.५ प्रतिशतले हुन आउने ३ करोड ६८ लाख १२ हजार १२.३१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने १९ लाख ३७ हजार ४७४.३३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।



