XTREME

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नबिल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको १ लाख ७५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।

बैंकका संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखिएकोमा खरिदका लागि आवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्थाका सेयर बिक्री खुला गरिएको हो ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खदिका लागि आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौँको नक्सा नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकको रजिस्टर्ड कार्यालयमा दिन सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्