काठमाडौँ। प्रभु बैंकको ४८ करोड रुपैयाँ ऋण दुरुपयोग प्रकरणमा प्रतिवादी शशिधर शर्माले अनुसन्धान अधिकारीसमक्ष बयान दिएका छन्। बयानका क्रममा शर्माले आफू एशियन भिलेज रिसोर्ट प्रा.लि.को एकल सञ्चालक तथा अध्यक्ष रहेको बताएका छन्।
शर्माका अनुसार कम्पनीको दैनिक सञ्चालन, बैंकिङ कारोबार तथा वित्तीय निर्णयलगायतका काम आफूले नै गर्दै आएका थिए। कम्पनीको बैंक खाता पनि आफ्नो एकल हस्ताक्षरबाट सञ्चालनमा रहेको उनले बयान दिएका छन्।
उनले सुरुमा कम्पनीको चुक्ता पुँजी २५ लाख रुपैयाँ रहेकोमा विभिन्न समयमा पुँजी वृद्धि गर्दै हाल ९८ करोड ९५ लाख रुपैयाँ कायम गरिएको बताएका छन्। साथै, एसियन भिलेज रिसोर्टको मुख्य उद्देश्य १५१ बेडरुमको पाँचतारे होटल निर्माण गर्नु रहेको उनको बयानमा उल्लेख छ।
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ । बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पाइएको हो ।
उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । यस्तो छ प्रतिवादी शशिधर शर्माले प्रहरीलाई दिएको बयान:

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा रमेश थापाको बयान: ‘कर्जा प्रवाहबारे मलाई जानकारी नै थिएन’
प्रभु बैंकका चिफ म्यानेजर सुनिल रानाको बयान:- ‘क्रेडिट चेनमा मेरो संलग्नता छैन’
प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि दिइन् बयान, ‘मेरो संलग्नता छैन’
प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि दिइन् बयान, ‘मेरो संलग्नता छैन’
घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।



