काठमाडौँ। प्रभु बैंकका म्यानेजर योगेश पौड्यालले पनि बयान दिएका छन्। प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा प्रहरी समक्ष पौड्यालले पनि बयान दिएका हुन्।
प्रभु बैंकबाट एशियन भिलेज रिसोर्ट प्रालिका नाममा प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा प्रकरणमा बैंकका म्यानेजर योगेश पौडेलले आफू कर्जा स्वीकृति तथा प्रवाह प्रक्रियामा प्रत्यक्ष संलग्न नरहेको बयान दिएका छन्।
घटना विवरणसम्बन्धी कागजातमा पौडेलले आफू प्रभु बैंकको सेन्ट्रल अप्रेसन विभागमा म्यानेजर पदमा कार्यरत रहेको बताएका छन्। उक्त विभागले बैंकका शाखाहरूको दैनिक अपरेसनसम्बन्धी काममा समन्वय गर्ने उनको भनाइ छ। उनले करिब १६ वर्षदेखि प्रभु बैंकमा काम गर्दै आएको र २०८२ सालको मध्यदेखि सेन्ट्रल अप्रेसन विभागमा कार्यरत रहेको बताएका छन्।
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ ।
बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पिएको हो ।
उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । यस्तो छ बैंकर योगेश पौड्यालले प्रहरीलाई दिएको बयान:

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा रमेश थापाको बयान: ‘कर्जा प्रवाहबारे मलाई जानकारी नै थिएन’
प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’
प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान
घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।



