मुक्तिनाथ बिकास बैंकमा कार्यरत सुन्दरी महर्जनको शब पहिचान, हातमा थियो श्रीमान् ‘गोपाल’को नामको ट्याटु !

काठमाडौँ । रसुवामा आएको बाढी–पहिरोमा परेर बेपत्ता भएकी मुक्तिनाथ विकास बैंककी कर्मचारी सुन्दरी महर्जनको निधन भएको पुष्टि भएको छ। गोसाइँकुण्ड घुम्न जाने क्रममा परिवारसहित बेपत्ता भएकी महर्जनको शव परिवारले पहिचान गरेपछि उनको निधन पुष्टि भएको हो।

धादिङको गल्छी प्रहरी चौकीमा ल्याइएको महिलाको शवमा दाहिने हातमा ‘गोपाल’ लेखिएको ट्याटु, हातमा पहेँलो बाला र कालो रङको ३८ नम्बरको ट्रेकिङ गोल्ड स्टार जुत्ता रहेको विवरण सार्वजनिक गरिएको थियो। उक्त शव आफ्नै परिवारकी सुन्दरी महर्जनको भएको परिवारले पुष्टि गरेको हो।

महर्जन २०८३ भदौ १० गते बुधबार श्रीमान् गोपाल महर्जन, छोरी अर्सना महर्जनलगायत परिवारका सदस्यसँग गोसाइँकुण्ड यात्राका लागि निस्किएकी थिइन्। यात्राकै क्रममा आएको बाढी–पहिरोपछि उनीसहित परिवारका सदस्यहरू सम्पर्कविहीन भएका थिए।

हराइरहेका अन्य बैंकरहरुको विवरण मिसिङ बैंकर्स ट्र्याकरमा हेर्न सक्नुहुनेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्