प्रभु बैंक घोटाला प्रकरणका प्रतिवादी राजेन्द्र श्रेष्ठको बयान: ‘फोनमार्फत निर्देशन आएपछि सहीछाप गरेको हो’

काठमाडौँ। प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणका प्रतिवादी राजेन्द्र श्रेष्ठले बयान दिएका छन्। एशियन भिलेज रिसोर्ट प्रा.लि.का तत्कालीन अध्यक्ष शिशिर पौड्यालको नाममा कर्जा प्रवाह गर्ने क्रममा आफूले विभिन्न कागजातमा सहीछाप गरी पठाउने गरेको प्रतिवादी राजेन्द्र श्रेष्ठले बयान दिएका हुन्।

बयानका क्रममा श्रेष्ठले प्रधान कार्यालयबाट कर्जा प्रवाह गर्ने क्रममा विभिन्न कागजातमा सहीछाप गरी पठाइदिनु भन्दै फोनमार्फत निर्देशन आएपछि आफूले शिशिर पौड्यालका कागजातमा सहीछाप गरी पठाउने गरेको बताएका हुन्।

उनका अनुसार त्यसपछि एशियन भिलेज रिसोर्ट प्रा.लि.का नाममा पौड्यालले करिब रु. ४८ करोडको कर्जा आवेदन गरेपछि उनीसँग चिनजान भएको थियो। शर्मासँग भने सन् २०२० मा चिनजान भएको र अन्य कम्पनीका नाममा कर्जा प्रवाह गर्ने क्रममा पनि चिनजान भएको उनले बताएका छन्।

श्रेष्ठले बैंकको कामकै सिलसिलामा सम्बन्धित व्यक्तिहरूसँग चिनजान भए पनि उनीहरूसँग व्यक्तिगत लेनदेन तथा कारोवार नरहेको दाबी गरेका छन्।

उनले आफूले २०७३ साल पुस २७ गतेदेखि प्रभु बैंक लिमिटेडमा काम गर्न थालेको बताएका छन्। सुरुमा सुपरभाइजर पदबाट काम सुरु गरेको र २०७६ सालमा आन्तरिक विज्ञापनमार्फत जुनियर अफिसरमा नाम निस्किएपछि हालसम्म सोही पदमा कार्यरत रहेको उनको बयान छ।

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ । बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पाइएको हो ।

उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।

यो पनि हेर्नुहोस्:

प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’

प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रतिवादीबाहेक दिपेन्द्र बिष्टसहित ६ बैंकरले पनि सीआईबीमा दिए बयान, कसले के भने ?

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रभु बैंकका ५ कर्मचारीसहित ७ विरुद्ध मुद्दा दायर, बिगो र कैद सजायको माग

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्