National

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याबबीच सम्झौता, पिसिआर परीक्षण गर्दा छुट पाउने

 Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याबबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई पिसिआर परीक्षण गर्दा सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा छुट उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरेको हो । अब बैंकका ग्राहकहरुले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएको छ । 
महालक्ष्मी विकास बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
अब बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीको जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत र पिसिआर टेष्टमा अधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै