National

बैंकिङ प्रणालीमा तरलता थुप्रिंदा सरकारलाई फाइदा

काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदा सरकारले सस्तोमा आन्तरिक ऋण उठाउन पाएको छ । गत बर्स तरलता अभाव हुँदा सरकारले महँगोमा ऋण उठाएको थियो भने एस वर्षा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदा सरकारले सस्तोमा आन्तरिक ऋण उठाउन पाएको हो । 

राष्ट्र बैंकको तथ्यांक अनुसार विकास ऋणपत्रको औसत ब्याजदर गत आर्थिक वर्षको भन्दा झन्डै साढे २ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष ८.६४ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष साढे ६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 

गत आर्थिक वर्ष ८.६४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष साढे ६ प्रतिशतमा झरेपछि सरकारले आन्तरिक ऋण उठाउँदा ब्याजको लागत कम हुनुका साथै बैंकलाई तरलता व्यवस्थापनमा सहज भएको राष्ट्र बैंकका निर्देशक डिल्लीराम पोखरेल बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime