National

पे वेलका सीइओ श्रेष्ठ ठगीको आरोपमा पक्राउ

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक पे वेलका प्रमुख कार्यकारी अधिकृत सत्यन्द्र श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार ३९ वर्षीय श्रेष्ठ ठगी गरेको आरोप काठमाडौँबाट पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार श्रेष्ठ माथि वैदेशिक रोजगारमा क्यानडा पठाउने भन्दै ६८ लाख २० हजार ठगी गरेको आरोप लागेको छ । 

वैदेशिक रोजगार विभागमा पीडितहरूले उनि विरुद्ध दिएको उजुरीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन् ।   

वैदेशिक रोजगारमा क्यानडा पठाउने भन्दै श्रेष्ठले पीडितबाट ६८ लाख २० हजार उठाएको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार श्रेष्ठलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime