काठमाडौँ। चेक अनादर मुद्दामा ५ जना पक्राउ परेका छन्। चेक अनादर मुद्दामा १२ हजार जरिवाना तोकिएका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीका राजन थापा, अशोक कुमार मल्लाह, विकास भण्डारी, विरेन्द्र यादव र बिन्दु प्रसाद चौधरी रहेका छन् ।
रुपन्देही जिल्ला अदालतको फैसला अनुसार चेक अनादर मुद्दामा जरिवाना तोकिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले रुपन्देहीका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो ।
हाल उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

