काठमाडौँ। स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका ७ घर भई काठमाडौंको कालीमाटी बस्ने वर्ष २३ को मनमोहन साह कलवार रहेका छन् ।
स्रोत नखुलेको नेपाली रुपैयाँ ३९ लाख ४१ हजारसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँको जम्बुडाडास्थित पहेँलो पुलमा झोला बोकी हिँडिरहेको अवस्थामा उनलाई चेकजाँच गर्दा उक्त रकम फेला परेको हो । उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

