National

सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंका विभिन्न संघ संस्थामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न संघ संस्थाहरूसंग समन्वय गरी विशेष छुट दिने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरूले उक्त संस्थाहरूका सेवामा विभिन्न किसिमका छुटहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरूले नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित दुई संस्था नवदर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालि र समाज डेन्टल हस्पिटल प्रालि बौद्ध, काठमाडौंमा अवस्थित उत्पला क्याफे र बसुन्धरामा रहेको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटका सेवाहरूमा १० प्रतिशत देखी २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्दै समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ इसाईहरूबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंक सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime