नारायणी डेभलपमेन्ट बैंकमा काम गर्ने हो ? असोज १५ गतेसम्म आवेदन दिन सकिने !

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले क्रेडिट अफिसर, शाखा प्रबन्धक र रिलेसनसिप अफिसर पदका लागि नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

क्रेडिट अफिसर पदका लागि व्यवस्थापन, अर्थशास्त्र, वित्त वा सार्वजनिक प्रशासनमा स्नातकोत्तर ३-५ वर्षको सम्बन्धित बैंकिङ अनुभव र ४० वर्ष ननाघेको हुनुपर्नेछ तथा ५-६ वर्षको सम्बन्धित बैंकिङ अनुभव आवश्यक पर्ने बैंकले जनाएको छ।

शाखा प्रबन्धक पदका लागि व्यवस्थापनमा स्नातक, ३-५ वर्षको सम्बन्धित बैंकिङ अनुभव र ४० वर्ष ननाघेको हुनुपर्नेछ।

त्यस्तै, रिलेसनसिप अफिसर पदका लागि व्यवस्थापनमा स्नातक र कम्तीमा २ वर्षको सम्बन्धित बैंकिङ अनुभव आवश्यक रहेको बैंकले जनाएको छ। यस पदका लागि उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले आवेदनपत्र, अद्यावधिक सीभी, पासपोर्ट साइजको फोटो, शैक्षिक तथा अनुभवसम्बन्धी प्रमाणपत्रसहित २०८३ असोज १५ गते (१ अक्टोबर २०२६), साँझ ५ बजेसम्म आवेदन दिनुपर्नेछ। आवेदन [email protected] मा इमेलमार्फत पठाउनुपर्ने बैंकले जनाएको छ। यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्